काठमाडौं । नागरिक लगानी कोषले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले ११ अर्ब ८९ करोड ७० लाख ९५ हजार रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । कोष क वर्गको बैंकमा एक वर्षै मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक भएकाले उक्त बैंक तथा वित्तीय संस्थाबाट आफुले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने अवधि उल्ल्ेख गरी आज असोज २५ गते ३ बजेभित्र लाहाछाप सहित सिलबन्दी प्रस्ताव बुझाउन आब्हान गरेको हो ।