IME Life New

सामाजिक सञ्जालबाट गरिएको विज्ञापन निर्वाचन खर्चमा समावेश हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जाल मार्फत गरिएको विज्ञापन निर्पाचन खर्चमा समावेश हुने जनाएको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामाजिक सञ्जाल मार्फत गरिएको विज्ञापनको खर्च निर्वाचन पश्चात खर्च विवरणमा उल्लेख गर्नुपर्ने जनाएको हो ।

मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनपत्र दर्ता भएसँगै विभिन्न दल र उम्मेदवारहरुले सामाजिक सञ्जालको प्रयोग गरी प्रचारप्रसार र विज्ञापन गर्न थालेका छन् । आयोगले जारी गरेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी निति, २०७७ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने र सामाजिक सञ्जालमा सम्प्रेसित सूचना सामाग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी अयोगको सचिवालय र अन्तर्गतका कार्यालय समेतको संयन्त्र बनाई नीतिको कार्ययोजना बमोजिम भए गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य भइरहेको आयोगले जनाएको छ ।

Esewa
Crest

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको अवस्थामा दल र उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग समेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयबारे आयोगले सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरुको व्यवस्था गरिएको छ । सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुन बमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेको बारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई परीक्षण गरिने भएकोले सामाजिक सञ्जाल मार्फत हुने विज्ञापनका सबै खर्च विवरण समेत चुस्तदुरुस्त राख्न सम्बन्धित सबै राजनितिक दल र उम्मेदवारलाई आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS