IME Life New

शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम मार्फत रकम भुक्तानी गर्नका लागि शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।

शेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेको शेयरधनीहरुले आफ्नो बैंक खाता उल्लेख गरी अद्यावधिक गर्नुपर्नेछ । हालसम्म पनि भौतिक रुपमा शेयर धारण गरेको शेयरधनीहरुले हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउनुपर्नेछ ।

Esewa
Crest

शेयरधनीहरुले शेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलेपछि मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका शेयरधनीले शेयर रजिष्ट्रार सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी वा अन्य कुनै पनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न कम्पनीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS