Connect IPS
IME Life

शेयर बजारमा २७ अंकको गिरावट, कारोबार रकम ९७ करोड १७ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दशैंपछिको आज दोस्रो दिन शेयर बजारमा  गिरावट देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव १६ अंकले घटेर १,८७१ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६४ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स संस्थापक शेयर खरिदविक्री भएको छ । कम्पनीको १६ करोड ५८ लाख रुपैयाँ संस्थापक शेयर विक्री भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज नेपाल इन्स्योरेन्सको ६ करोड ६ लाख रुपैयाँ संस्थापक शेयर विक्री भएको छ । नविल बैंकको ४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य ७९७ रुपैयाँ कायम भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । एनएमबि हाइब्रिट फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै गरिमा डिबेञ्चर २०८२का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS