IME Life New

लगातार घाटामा रहेकाे सिजी समूहकाे दूरसंचार कम्पनी माेल्डसेलले आइपिओ जारी गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं : पछिल्लाे तीन वर्षदेखि लगातार घाटामा रहेकाे चाैधरी समूह अन्तर्गतकाे दूरसंचार सेवा प्रदायक कम्पनी माेल्डसेलले सर्वसाधारणमा शेयर जारी गर्ने तयारी गरेकाे छ । प्राेफिट डट राेले उल्लेख गरे अनुसार माल्डाेभाकाे राजधानी चिसिनाउमा रहेको दोस्रो ठूलो दूरसंचार सेवा प्रदायक मोल्डसेलले राेमानियाकाे बुखारेस्ट स्टक एक्सचेन्ज (BVB) मा सूचीकृत गर्न चाहेको हाे।

मोल्डसेलले पछिल्लो ३ वर्षमा घाटा व्यहाेरेकाे छ । यसकाे घाटा गत वर्ष ३.१५ मिलियन अमेरिकी डलर थियो । तर घाटा क्रमश नियन्त्रण गर्दै आइरहेकाे छ । सन् २०१९ काे ६.२२१ मिलियन डलरबाट २०२० मा ५.९९ मिलियन डलरमा आएकाे छ ।

Crest

३ सय ३५ जना जनशक्ति रहेकाे माेल्डसेलले सन् २०२५ सम्ममा ५ अर्ब अमेरिकी डलर काराेबार पुर्याउने लक्ष्य राखेको छ। मोल्डसेलले मोल्डोभा गणतन्त्रको संकटग्रस्त दूरसञ्चार बजारमा गत वर्ष ६७.१८ मिलियन अमेरिकी डलरको खुद बिक्री गरेको थियाे ।

सन् २०२१ मा १९ लाख ग्राहकसहित मोल्डसेल स्थानीय अर्काे दूरसंचार कम्पनी ओरेन्जपछि, मोल्डोभा गणतन्त्रमा दोस्रो बजार साझेदार हाे।  जहाँ यसले काराेबार रकमकाे आधारमा जम्मा २९ प्रतिशत बजार हिस्सा ओगटेकाे छ ।

स्थानीय दूरसञ्चार बजारको चिसिनाउबाट नियामकद्वारा केन्द्रीकृत डाटा अनुसार दूरस‌ंचार कम्पनीकाे कूल ग्राहक संख्या अधिकतम ४.७ मिलियन पुगेपनि, सन् २०२१ मा १५५.९५ मिलियन डलरको कुल राजस्व २००८ को स्तरमा मात्र थियो ।

मोल्डसेलले प्रति प्रयोगकर्ता औसत मासिक राजस्व १२.१ अमेरिकी डलर रहेकाे छ,, जुन प्रतिस्पर्धी ओरेन्ज मोल्डोभा र मोल्डटेलिकममध्ये सबैभन्दा कम हो। गत वर्षको अन्त्यमा, मोल्डसेलको कुल सम्पत्ति ९६.४१ मिलियन अमेरिकी डलर रहेकाे थियाे, जुन २०२० को अन्त्यमा पिडब्ल्युसीद्वारा लेखा परिक्षण गरिएको १०६.२६ मिलियन अमेरिकी डलरकाे तुलनामा ७.६ प्रतिशतले न्यून हाे ।

सन् २००० देखि सञ्चालनमा आएको यो कम्पनी २०२० मार्चमा चौधरी समूहले ३१.५ मिलियन अमेरिकी डलरमा खरिद गरेको थियो । बिक्रेता टेलिया कम्पनी एबी, स्विडेन सरकारको स्वामित्वमा रहेको निगमले मोल्डसेलको शतप्रतिशत हिस्सेदारी आयरल्यान्डमा दर्ता भएको नेपाली समूहको कम्पनी सीजी सेल टेक्नोलोजी ड्याकलाई दिएको थियाे । यसका शेयरधनी विनोद चौधरीका छोरा राहुल र वरुण चौधरी रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

60%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS