Connect IPS
IME Life

मनोनयन दर्ता सुरु, अर्वपति विनोद चौधरीले पाए कांग्रेसबाट प्रत्यक्ष तर्फको टिकट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको लागि देशैभर उम्मेदवारी दर्ता सुरु भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फ १६५ वटा र प्रदेश सभा तर्फ ३३० वटा निर्वाचन क्षेत्रमा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु गरेको छ ।

अर्बपति विनोद चौधरीले पनि यस पटक प्रत्यक्ष तर्फ उम्मेदवारी दिने भएका छन् । उनलाई नेपाली कांग्रेसले नवलपारासी एक बाट प्रतिनिधिसभाको टिकट दिएको छ । चौधरीसँग जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी सँग प्रतिस्पर्धा हुने छ ।

Prabhu
Crest

उनि यस भन्दा अगाडी समानुपातिक तर्फबाट प्रतिनिधिसभाको सदश्य थिए । कांग्रेसबाट टिकट पाउने टुङ्गो भए सँगै उनले अव निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराउने छन् । उम्मेदवारी दर्ता गराउदा २५ जना भन्दा बढी सहभागिता हुन नपाउने व्यवस्था छ । निर्वाचन आचारसंहितामा बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने उल्लेख छ ।

नेकपा एमालले चौधरीलाई २०७० को निर्वाचनमा यहि क्षेत्रबाट उठाउने तयारी गरे पनि उनले चाहेका थिएनन् । चौधरी २०६४ को चुनावमा एकालेबाट समानुपातिक साभासद थिए । यस पटक भने उनि आफैले प्रत्यक्ष तर्फ उम्मेदवारी दिने घोषणा गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS