Connect IPS
IME Life

कात्तिक १ गते देखि लागू हुने चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा बीमा सम्बन्धी यस्ताे छ व्यवस्था

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाण्डौंं । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेबाट लागू हुने गरी जारी गरेको चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा चालू पूँजी कर्जा प्रवाहमा समेत बीमा अनिवार्य गर्नुपर्ने प्रावधान उल्लेख गरेको छ । व्यापारिक संस्था तथा उद्योगहरूलाई अल्पकालीन तरलता समाधानको लागी कारोबार रकम, गोदाममा रहेको मौज्दात, बजारबाट उठाउनुपर्ने उधारो रकम लगायतको आधारमा उपलब्ध गराइने चालू पूँजी कर्जामा यसअघि बीमा सम्बन्धमा अनिवार्य व्यवस्था थिएन ।
चालू पूँजी कर्जा मार्गदर्शन २०७९ को दफा ६ को उपदफा ८ मा बै‌क तथा वित्तीय संस्थाले चालू पुँजी कर्जा स्वीकृत गर्दा धितोमा रहने मालसामानमा हुनसक्ने जोखिमको विश्लेषणको आधारमा अनिवार्य बीमा गर्ने व्यवस्था मिलाएको हुनुपर्ने प्रावधान छ । साथै बीमालेखको म्याद सकिनुभन्दा कम्तिमा १५ दिनअघि नै बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ऋणीलाई बीमालेख नवीकरण गर्न जानकारी गराउनुपर्ने र बीमालेखको म्याद सकिन १ दिन बाँकी हुँदासम्म पनि ऋणीले बीमा पोलीसी नवीकरण नगरेमा बैंक तथा वित्तीय संस्थाले ग्राहकको पूर्व स्वीकृति लिई कर्जा खाताबाट खर्च गरी अनिवार्य बीमा नवीकरण गरेको हुनुपर्नेछ ।
बीमा गर्नु नपर्ने वा बीमा गर्दा कुनै जोखिम समावेश गर्नुनपर्ने कुनै कारण भएमा कर्जा स्वीकृत गर्दा अनिवार्य रुपमा उल्लेख गरेको हुनुपर्ने प्रावधान समेटिएको छ । यसबाहेक दफा ५ को उपदफा ४ मा बीमा गरिएको चालू सम्पत्तिको पहिलो दाबी कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको हुनु पर्नेछ । बीमा दाबी भुक्तानीबाट प्राप्त रकम कर्जा नियमित भएको अवस्थामा मात्र बैंक तथा वित्तीय संस्थाले ऋणीलाई रकमान्तर गर्न सक्ने प्रावधान रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS