IME Life New

नसर्ने रोगका कारण मर्ने नेपालीको संख्या वर्षेनी बढ्दो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शारीरिक परिश्रम बिनाको जीवनशैली र अस्वस्थ खानपानका कारण नेपालमा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या सर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको अध्ययनले मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी र क्यान्सरजस्ता नसर्ने रोगबाट ज्यान गुमाउने नेपालीको संख्या अन्य सर्ने रोगको तुलनामा उच्च रहेको तथ्य प्रकाशमा आएको हो।

Esewa
Crest

सन् २०१९ मा विभिन्न रोग तथा दुर्घटनाका कारण कुल १ लाख ९३ हजार ३ सय ३१ जनाको मृत्यु भएकोमा नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ। नसर्ने रोगमध्ये पनि मुटु तथा नशासम्बन्धी रोगबाट मृत्यु हुनेको संख्या उल्लेख्य रहेको उक्त प्रतिवेदनले देखाएको छ।
त्यसैगरी २१.१ प्रतिशत मृत्यु सर्ने, मातृ तथा नवजात र पोषणसम्बन्धी रोगका कारण भएको देखिएको छ। साथै दुर्घटनाका कारण भएको चोटपटबाट ७.८ प्रतिशत मृत्यु भएको देखिएको छ।
सन् २०१७ मा गरिएको अर्को एक अध्ययनले रोग, दुर्घटना, कुपोषण, सुत्केरी स्याहारलगातको कारण भएको कूल मृत्यु मध्ये ६६ प्रतिशतको मृत्यु नसर्ने रोगका कारण भएको तथ्य प्रकाशमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS