IME Life New

निक्षेप सुरक्षण काेषले बडा दशैंको अवसरमा ल्यायाे “काजी बाको रुपैयाँ”

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले बडा दशैंको अवसरमा “काजी बा को रुपैयाँ ” यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थासँग मात्र निक्षेप तथा कर्जाको कारोबार गर्नको लागी प्रेरित गर्दै कोषले काजी बाको रुपैयाँ नामक जनचेतनामूलक संक्षिप्त चलचित्र सार्वजनिक गरेको हो ।

कोषले आफ्नो वार्षिकोत्सवको अवसर पारेर तयार पारेको जनचेतनामूलक यो श्रव्यदृश्य सामाग्री नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पहिलो पटक लोकार्पण गरेका थिए ।

Esewa
Crest

करिब १७ मिनेट लामो श्रव्यदृश्यमा गाउँमा महँगो ब्याजदरको लोभमा परेर व्यक्ति व्यक्तिबीच हुने नगद कारोबारको जोखिमबाट मुक्त रहनको लागी बैंक तथा वित्तीय संस्थामा मात्र नगद जम्मा गर्न प्रेरित गरिएको छ । साथै हुण्डी कारोबारबाट अवैधरुपमा विदेश पैसा पठाउने वा विदेशबाट पैसा प्राप्त गर्ने कार्य समेत नगर्नको लागी सर्वसाधारणलाई सचेत बनाउने प्रयास गरिएको छ ।

नेपाल सरकारले चालू आर्थिक वर्षदेखि नेपाल राष्ट्र बैंकबाट निक्षेप संकलन गर्न इजाजत प्राप्त गरेका प्रत्येक बैंक वा वित्तीय संस्था(फाइनान्स कम्पनी) मा सर्वसाधारणले व्यक्तिगतरुपमा बचत गरेको रकमको कम्तीमा पाँच लाख रुपैयाँ कोषले नै फिर्ता गर्ने ग्यारेन्टी गरेको छ । अर्थात् कुनै कारणवश आर्थिक संकटमा पर्यो वा बैंक खारेज भयो भने त्यहाँ जम्मा गरेको रकममध्ये प्रति व्यक्ति पाँच लाख रुपैयाँ निक्षेप तथा कर्जा सुरक्षण कोषले नै फिर्ता गरिदिन्छ । तर कोषले सहकारी संस्थाहरुमा जम्मा भएको रकम वापत सुरक्षाको ग्यारेन्टी गरेको हुँदैन, यस्तो रकम डुब्ने जोखिम उच्च हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS