IME Life New

बीमा जागरण अभियानमा बीमा समिति र कम्पनीहरु आक्रामक, स्थानीय तहबाट सकारात्मक प्रतिक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपालमा उत्साहप्रद ढङगबाट बीमा व्यवसाय तिव्र रुपमा विस्तार हुँदै आएको छ । यस अवस्थामा बीमा कम्पनीहरु, नियामक निकाय बीमा समिति, बीमा कम्पनीका कर्मचारीहरु तथा बीमा अभिकर्ताहरुले बीमा सम्बन्धी जनचेतना फैलाउन, सबैको पहुँचमा बीमा पुर्याउनका लागि बीमा सम्बन्धीका विभिन्न कार्यक्रमहरुमा जोड दिँदै आएका छन् ।

बीमाको पहुँच विस्तार तथा बीमा चेतनालाई देशको हरेक कुना,कन्दरा र विकट ठाउँमा पुर्याउनका लागि पछिल्लो समय बीमा समितिले हरेक बीमा कम्पनीहरुलाई जिल्ला तोकर बीमा सचेतना कार्यक्रम गर्न भनेको थियो । सोही अनुरुप कम्पनीहरुले कार्यक्रम पनि गर्दै आएका छन् साथै समिति आफैले पनि यस्तो खालका कार्यक्रममा अग्रसर भएर स्थानीय तहहरुमा गएर बीमा चेतना सम्बन्धीका विविध कार्यक्रमहरुको आयोजन गर्दै आइरहेको छ ।

Esewa
Crest

बीमा समितिले चालेको यस कदमप्रति सबै स्थानीय तहबाट राम्रो प्रतिक्रिया आइरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले बताएका छन् । “उनले भने हामीले बीमा जागरण कार्यक्रमका लागि बीमा कम्पनीहरुलाई पनि जिल्ला तोकेर आफ्नो प्रचार गर्नुका साथै बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्न भनेका थियौं यसमा सबै कम्पनीहरुले सकारात्मक ढङगबाट कार्यक्रम गर्दै आइरहेका छन् ।” बीमा कम्पनीहरुले मात्र नभई हामीले पनि केन्द्रबाट जनशक्ति पठाएर काम गर्दै आएका छौं उनले भने ।

पौडेलका अनुसार स्थानीय जनप्रतिनिधिहरुले सरकार आफैले नै बीमाको नीतिहरु नबनाउँदा बीमामा समस्या आएको बताएका छन् । स्थानीय जनप्रतिनिधिहरुले भने“ बीमाको विषयमा सबैभन्दा पहिला सरकारले कुरा बुझन पर्यो । सरकारको नै आफ्नो सम्पतिहरुको बीमा गरेको छैन् भने जनताले कसरी बुझनु बीमा ।” विभिन्न घट्नाहरु हुन सक्छ जस्तो बाढी, पहिरो लगायतका अन्य घट्नाहरुको प्राकृतिक दुर्घटना बीमालाई स्थानीय सरकारले बीमा कम्पनीहरुसंग सहकार्य गरेर अनिवार्य गरिदिने हो भने बीमाबाट कम्पनीहरुले क्षतिपुर्ति दिएर सबै जनताले राहत पाउने थिए कार्यकारी निर्देशक पौडेलले भने ।

उनका अनुसार सबै स्थानीय तहबाट यस कार्यक्रमको लागि सकारात्मक प्रतिक्रिया आएको छ । अघिल्लो वर्ष समितिले ७०।८० वटा स्थानीय तहमा बीमा जागरण कार्यक्रम सम्पन्न गरिसकेको छ । अब यस वर्ष पनि १ सय भन्दाबढी स्थानीय तहमा गएर बीमा सम्बन्धीका कार्यक्रहरुलाई अगाडी बढाउने बताएका छन् ।

अहिले बीमा समितिको प्रादेशिक कार्यालयहरुले पनि आफ्नो प्रदेशको विभिन्न स्थानीय तहमा गएर यस कार्यक्रमलाई तिव्र रुपमा अगाडी बढाइरहेको समितिका कार्यकारी निर्देशक पौडेलले बताएका छन् ।

तर, बीमाको चेतना, बीमा पहुँच जति हदसम्म विस्तार हुनुपर्ने थियो त्यो भने अझै हुन सकेको छैन् । बीमा समितिको तथ्याङकलाई हेर्ने हो भने अहिले ३५ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको देखिन्छ तर, गाउँगाउँमा जाने हो भने अझै पनि मानिसहरुलाई बीमा के हो भनेर सोध्दा जानकारी भएको पाइदैन् । अझै पनि सहरी भेग बाहेक गाउँमा बीमा चेतना एकदम शुन्य नै अवस्थामा रहेको पाइन्छ । अझै गाउँका मानिसले त बीमालाई एउटा दलालको उपनाम दिन गरेको पनि पाईन्छ । जसको कारणले गर्दा बीमा क्षेत्रको विकास र विस्तार अपेक्षित रुपमा हात पर्न नसकेको हो ।

आजको दिनमा मानव जिवनमा धेरै जोखिमको सामना गर्नुपर्ने अवस्था सृजना भएको छ । कहिले कोभिड–१९ महामारी, कहिले प्राकृतिक बिपत्ति त कहिले दुर्घटनाको सामाना गर्नुपरेको छ । यी कारणले मानवजातिले मानवीय तथा भौतिक क्षति बहन गर्दै आइरहेका छन् । मानव जिवनमा आउने यिनै जोखिम, अनिश्चितता र आर्थिक हानी नोक्सानीका कारण बीमाको उत्पती भएको हो । यही र यीनै कारणको जोखिम केही मात्रमा कम गर्नका लागि सबै नेपालीमा बीमा सेवा पुग्नु जरुरी छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS