IME Life New

ज्याेति लाईफकाे एजेन्सी अवार्ड नाइट सम्पन्न, देशभरका उत्कृष्ट अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले पाँचाैं  एजेन्सी अवार्ड नाइट कार्यक्रममा देशभरका उत्कृष्ट अभिकर्तालाई सम्मान गरिएकाे छ । कार्यक्रममा व्यक्तिगत अभिकर्ता स‌ंकेत नम्बरमा एक कराेड रूपैयाँ प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ता , उत्कृष्ट टिम एडभाइजर, उत्कृष्ट एजेन्सी म्यानेजर, वरिष्ठ एजेन्सी म्यानेजरलाई कम्पनीकाे तर्फबाट सम्मान गरिएकाे छ ।

उत्कृष्ट अभिकर्ताहरूलाई ब्राण्ड दूत राजेश हमाल, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र कम्पनीकाे स‌ंचालक समिति अध्यक्ष नन्दकिशाेर शर्माले सम्मान गरेका थिए । कार्यक्रममा एमडिआरटी सम्मेलन २०२३ काे लागी याेग्य भएका अभिकर्ता तथा कराेडपति क्लबमा सदस्यता प्राप्त गर्न सफल अभिकर्तालाई समेत कम्पनीले सम्मान गरेकाे छ ।

Esewa
Crest

सम्मान कार्यक्रमका अवसरमा ज्योति लाईफका एजेन्सी सेल्स प्रमुख परसुराम मरासिनीले एक वर्षमा कम्पनीले हासिल गरेका उपलब्धीका समीक्षा गर्दै, चालु आर्थिक वर्षमा कम्पनीले लिएका रणनीतिबारे जानकारी गराए । साे अवसरमा कम्पनीकाे ब्राण्ड दूत  राजेश हमालले सम्पूणि सहभागीहरुलाई सम्बोधन गर्दै ज्याेती लाईफ ज्याेती फैलाउन अभिकर्ताहरूले दिएकाे याेगदानकाे प्रशंसा गर्दै अझै उत्कृष्ट याेगदान पुर्याउन हौसला प्रदान गरेका छन् ।

कम्पनीको अध्यक्ष नन्द किशोर शर्माले सम्मानित अभिकर्तालाई शुभकामना दि‌ंदै आगामी वर्षमा कम्पनी मर्जरमा गएर कम्पनीलाई कम्पनीलाई अझ बलियाे बनाउने र बीमा क्षेत्रमा प्रभावकारी ढङ्गबाट उल्लेखनीय कार्य गर्ने लक्ष्य रहेकाे जानकारी दिए ।  प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अभिकर्ताहरूकाे याेगदानकाे प्रशंसा गर्दै भने, हामीले मर्जरलाई सुनौलो अवसरको रुपमा लिएर सदुपयाेग गर्दै भावी दिनमा ज्याेती लाईफलाई बीमा क्षेत्रमा अब्बल बनाउन सबैले सक्दाे याेगदान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS