IME Life New

कार्तिकमा गुराँस, युनियन र प्राइमको एकिकृत कारोबार असम्भव, समितिमा दिएको प्रतिवद्धता पुरा नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला मर्जरको सहमति गरेका गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफको एकिकृत कारोबार कार्तिकमा गर्ने योजना लगभग असम्भव देखिएको छ । तीन वटै कम्पनीले बीमा समितिमा कार्तिक एक गतेदेखि एकिकृत कारोबार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर आज गुराँस लाइफले आह्वान गरेको वार्षिक साधारणसभामा मर्जरको अन्तिम स्वीकृतिका लागि विशेष प्रस्ताव गरिएको छैन ।

सभामा मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अनुमति दिने विशेष प्रस्ताव गरिए पनि डिडिए प्रतिवेदन अनुसार स्वाप रेसियो, मर्जर पछिको कम्पनीको नाम, मर्जर पछि विध्यमान सञ्चालकहरुको पदावधि सकिने लगायतका विषयमा प्रस्ताव गरिएको छैन ।

Esewa
Crest

गुराँसले आह्वान गरेको १२ औ वार्षिक साधारणसभाले मर्जरलाई अन्तिम रुप दिने देखिदैन । मर्जरका लागि कम्पनीले पुनः विशेष साधारणसभा आह्वान गर्नु पर्ने देखिएको हो । यसले पनि तीन कम्पनीको मर्जर पुर्वनिर्धारित समयमा नहुने लगभग पक्का भएको छ ।

यदि अहिले गुराँस सँगै अन्य कम्पनीहरुले पनि विशेष साधारणसभा आह्वान गरेका थिए पनि तोकिएको निर्धारित समयमा हुने थियो । युनियन र प्राइमको विशेष साधारणसभाको अत्तो पत्तो छैन । यस मर्जरका प्रमुख योजनाकार राजेन्द्र खेतान नै युनियनका विषयमा लचिलो हुन नसकेको बुझिएको छ । उनि मिलेसम्म गुराँस र प्राइमलाई मात्रै मर्जर गर्ने मनस्थितिमा रहेको बुझिएको छ । तर तीन वटाले सुरुमै मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेर अगाडी बढिसकेकाले बीमा समितिले सजिलै मर्जर भाडिन दिने अवस्थालाई स्वीकार गर्ने देखिदैन ।

गुराँस लाइफ युनियन र प्राइम भन्दा एक कदम पछाडि रहेको छ । दुई कम्पनीले आर्थिक वर्ष २०७६/७७ को साधारणसभा सम्पन्न गरिसकेता पनि गुराँसले गरेको थिएन । गुराँसले अहिले आह्वान गरेको आर्थिक वर्ष २०७६/७७ को साधारणसभा सम्पन्न भए पछि बल्ल तीन वटा कम्पनीको अवस्था समान हुनेछ ।

स्रोतका अनुसार तीन वटै कम्पनीको डिडिए सम्पन्न भइसकेको छ । तर आपसी सहमति नजुटिसकेकाले गुराँसले अहिलेको साधारणसभामा डिडिए प्रतिवेदन अनुमोदनका लागि पेश गरेको छैन । तीन वटा कम्पनीले गत बैशाख २९ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बीमा समितिले गत चैत १० गते बीमा कम्पनीको चुक्ता पूँजी बृद्धि गरेको थियो । तर यि तीन कम्पनीले मर्जरका लागि बीमा समितिले पूँजी बृद्धि योजना सार्वजनिक गर्नु अगाडी नै आन्तरिक छलफल सुरु गरिसकेका थिए ।

सुरुवातमा जति तयारी थियो पछिल्लो समय कम्पनीहरुले मर्जरका लागि आवस्यक आन्तरिक तयारी पनि गरिरहेका छैनन् । कर्मचारी समायोजन तथा शाखाको विषयमा अहिलेसम्म पनि घनिभुत रुपमा छलफल भइसकेको छैन । मर्जर पछि तीन कम्पनीको कर्मचारी र शाखा व्यवस्थापन सबैभन्दा जटिल हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS