IME Life New

नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बोर्डले नीतगत भ्रष्टाचार गरेको नेप्से कर्मचारी संघको आरोप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेन्जका लागि नेपाल धितोपत्र बोर्ड नेतृत्वले नीगतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ । संघले तयार पारेको अध्ययन प्रतिवेदनमा धितोपत्र बोर्डले आर्थिक चलखेल गरेको भन्दै नेप्सेलाई धराशायी बनाउने नेपाल धितोपत्र बार्डको योजना निष्कृय पार्दै सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु पर्ने उल्लेख गरिएको छ ।

सरकारी स्वाामित्वको राष्ट्रिय सम्पत्तिलाई धराशायी बनाउने र कबाडीको भाउमा सिध्याउने खेल भएको कर्मचारी संघले आरोप लगाएको छ । नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको नेप्सेको शेयर नयाँ स्टक एक्सेचेन्ज आए सँगै भ्यालु घट्ने संघको तर्क छ ।

Esewa
Crest

संघले गलत मनासयले नियमावली संसोधन गरिएको आरोप लगाएको छ । १० प्रतिशत लगानी गर्ने व्यवस्थालाई १५ प्रतिशत पुर्याइनु चरम नीतिगत घोटाला भएको भन्दै प्रतिवेदनमा उल्लेख गरिएको छ ।  संसारभरका स्टक एक्सचेञ्जहरु जस्तैः भारतको BSE, NSE लगायतका देशमा कुनै पनि शेयरधनीले बढीमा ५% मात्र सेयर लिन सक्ने व्यवस्था रहेको छ ।

साविकको धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा पनि शेयरधनीले बढीमा प्रतिशत १० प्रतिशत लगानी गर्ने व्यवस्था रहेकोमा धितोपत्र बजार सञ्चालन नियमावली (दोस्रो सशसोधन), २०७९ को नियम (३) को उपनियम (२) मा भएको संशोधित व्यवस्था अनुसार नयाँ स्टक एक्सचेञ्जले “कुनै एक कम्पनी वा संगठित संस्था वा त्यस्ता संस्थाको संचालक वा शेयर धनी र निजका नजिकको नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कुल शेयर पूँजीको १५ प्रतिशत भन्दा बढी अंश ग्रहण गर्न पाउने छैन।” भन्ने व्यवस्था गर्नु स्वेतः भ्रष्टाचार (White Corruption) तथा चरम आर्थिक घोटाला भएको संघले ठहर गरेको छ ।

हाम्रो जस्तो सानो अर्थतन्त्रमा दुई एक्सचेञ्ज उपयुक्त नभएको संघले प्रतिवेदनमा उल्लेख गरेको छ । हाम्रोजस्तो सानो अर्थतन्त्र भएको देशमा अर्को स्टक एक्सचेञ्ज ल्याउनु वैज्ञानिक र व्यावहारिक रुपमा आवाश्यक छैन । विश्वका सबै भन्दा ठुलो अर्थतन्त्र भएका क्रमशः ६ देशहरु भारतमा २ र अन्य धेरै देशहरुमा १ वटा मात्र स्टक एक्सचेञ्ज छ ।

नेप्सेकै पुनःसंरचना गर्दै यसैलाई सुदृढीकरण र आधुनिकीकरण गर्नु पर्ने संघको सुझाव छ । यसका लागि रणनैतिक विदेशी साझेदार ल्याउनु पर्ने संघले जनाएको छ । जसले गर्दा अन्तर्राष्ट्रिय पूँजी, प्रविधि र नविन व्यवस्थापन भित्रिने संघले जनाएको छ । यसैमा सर्वसाधाराण लगानीकर्ता, सरकार र निजी क्षेत्र (PPP Model) को शेयर स्वामित्व हुने गरी नेप्सेको आधुनिक पुनःसंरचना गर्दै यसैलाई सुदृढीकरण र आधुनिकीकरण गर्नु पर्ने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS