IME Life New

नेप्से परिसूचक ६ अंकले बढ्दा कारोबार रकम साढे ४८ करोडमा सिमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार उकालो गतिमा रही बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ४१ अंकले बढेर १,८३७ दशमलव ४६ को विन्दुमा कायम भएको छ । आज १०० कम्पनीको शेयर मुल्य बढेको छ भने ७४ कम्पनीको शेयर मुल्य घटेको छ । हिजो पनि बढेको बजार आज पनि बढेको छ ।

आज दिनभरिमा २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता शेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ११ सय ५२ रुपैयाँ रहेको छ ।

Esewa
Crest

त्यस्तै, आज नविल बैंकको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १ करोड ४४ लाख रुपयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मन्दाकीनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS