काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा छापावाला सुन तोलामा २ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपयाँले घटेर प्रति तोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज पनि उकालो लाग्यो सुनको मूल्य












