काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा छापावाला सुन तोलामा २ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपयाँले घटेर प्रति तोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज पनि उकालो लाग्यो सुनको मूल्य
![](https://insurancekhabar.com/wp-content/uploads/2022/02/gold.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)