IME Life New

तीन कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा पेश गरे निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइपीओ निष्काशका लागि थप ३ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् । मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड र मेन्छियाम हाइड्रोपावर पावरले आइपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा निवेदन पेश गरेका हुन् ।

मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। कम्पनीले शेयर निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले भदौ ३१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Esewa
Crest

त्यस्तै सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले आसोज ४ गते बोर्डमा आवेदन दिएको हो । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।

त्यसैगरी मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS