काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ नतिजा भने केही समयपछि मात्र हेर्न सकिने विक्री प्रबन्धकले जनाएको छ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ ।
जस अनुसार बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np/allotment/, सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/बाट र सिक्लेस हाइड्रोको वेबसाइट https://www.sikleshydro.com.np/बाट हेर्न सकिने छ ।
क्यापिटलका अनुसार आइपीओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता शेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको छ । गोलाप्रथा मार्फत १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।