IME Life New

रियलमीले ल्यायो उत्सवको बहार हरेक दिन उपहार योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चार्ड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ । असोज १० गते घटस्थापनाबाट रियलमी क्याम्यिन डटकममा शुरु हुने यस अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्नेछन् ।”

२०२२ को दोश्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्ट मध्य तेश्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुलाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ ।

Esewa
Crest

चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “रियलमी सँधै नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनु भएको छ । यो माया र साथको लागि हाम्रा उपभोक्ताहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै वहाँँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट केही विषेष उपहारहरु दिन गईरहेका छौं ।

यस योजना अन्तर्गत असोज १० गते देखि गते कार्तिक १४ सम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरु छानिनेछन् । यस योजनामा सहभागि हुनको लागि रियलमी क्याम्पियन डट कममा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्र्माट्फोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ ।

यसरी छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको फो के टिभि जित्न सक्नेछन् ।

यस अफर असोज १० गते देखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टर्टेनर सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज, इनोभेटिभ जिटि सिरीज लगायत सबै रियलमी स्मार्टफोनहरूमा लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS