IME Life New

इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई विक्री गरेको आइपीओ आज बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि निष्काशन तथा विक्री खुला गरेको आइपीओ बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि कम्पनीले गत भदौ ७ गतेदेखि २८ गतेसम्म ६ लाख २० हजार कित्ता आइपीओ निष्काशन तथा विक्री खुला गरेकोमा ५ लाख ६९ हजार ६९० कित्ताका लागि मात्रै आवेदन परेको थियो ।

Crest

जसमा रीतपुर्वक आवेदन गर्ने आवेदकलाई ५ लाख ५९ हजार ६९० कित्ता शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS