काठमाडौं । काठमाडौं जिल्ला अदालतको सेवा यहि असोज १० देखि २३ गतेसम्म बन्द हुने भएको छ । वडा दशैंको घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भएको हो ।
उल्लेखित बिदाको दिन घटस्थापना, शनिबार र विजया दशमीको दिन बाहेक अन्य दिन पक्राउ पूर्जी जारीका लागि भने अदालत खुल्ला रहनेछ । पक्राउ पूर्जी जारी गर्नका लागि विहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुल्ला रहनेछ । यसबाहेक अन्य सेवा भने असोज २३ गतेपछि मात्र संचालनमा आउनेछ ।