IME Life New

नगद लाभांश मात्र प्रस्ताव गर्ने कम्पनी मध्ये कसको “डिभिडेण्ड इल्ड” आकर्षक ? (टेबल सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लाभांशको मौसम सुरु भएको छ। गत आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट लाभांश दिने क्रम सुरु भएको छ । यसै बीच नेप्सेमा सूचीकृत ८ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । ८ कम्पनीहरु मध्ये २ कम्पनीले बोनस शेयर र नगद लाभांश दुवै घोषणा गरेका छन् भने एउटा कम्पनीले बोनस शेयर मात्र घोषणा गरेको छ।

नगद लाभांश मात्र घोषणा गर्ने ५ कम्पनीहरु रहेका छन् । ५ कम्पनीमा सिटिजन्स बैंक, निफ्रा, सानिमामाई हाइड्रोपावर, बोटलर्स नेपाल तराई र बालाजु रहेका छन् ।

Esewa
Crest

सिटिजन्स बैंकको संचालक समितिको बैठकले ९ प्रतिशत नगद, निफ्राले ४ दशमलव २१ प्रतिशत, सानिमा माई हाइड्रोले ५ दशमलव २६ प्रतिशत, बोटलर्स नेपाल बालाजुले २० प्रतिशत र बोटलर्स नेपाल तराईले ६० प्रतिशत नगद लाभांश घोषणा गारेका छन् ।

५ कम्पनी मध्ये सानिमामाई हाइड्रोको असोज १२ गते बुक क्लोज छ । यसको अर्थ असोज ११ गतेसम्म कायम शेयरधनीले सो कम्पनीको लाभांश प्राप्त गर्छन । यी बाहेक अरु कुनै पनि कम्पनीले बुक क्लोज मिति तय गारेका छैनन् ।

कम्पनीको बजार मूल्य र प्रस्तावित लाभांशलाई दाँजेर हेर्दा कुन कम्पनीको लाभांशमा आजको बजार मूल्यमा खरिद गर्दा धेरै प्रतिफल छ भन्नको लागि “डिभिडेण्ड इल्ड”बाट हेर्न सकिन्छ । उदाहरणको लागि कुनै कम्पनीको बजार मूल्य २०० रुपैयाँ छ र त्यो कम्पनीले १० प्रतिशत नगद लाभांश दिँदै छ भने सो मूल्यमा शेयर खरिद गरेर लाभांश खादा ५ प्रतिशतको इल्ड प्राप्त हुन्छ। (अंकित मूल्य एक सय भएको अवस्थामा )

असोज ९ गतेको बजार मूल्यको आधारमा नगद लाभांश मात्र प्रस्ताव गरेका ५ कम्पनी मध्ये सिटिजन्स बैंकको “डिभिडेण्ड इल्ड” सबै भन्दा धेरै छ। सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने कम्पनीको बजार मूल्य १८२ रुपैयाँ छ । पछिल्लो बजार मूल्यको आधारमा बैंकको “डिभिडेण्ड इल्ड” ४ दशमलव ९५ प्रतिशत छ ।

त्यस्तै निफ्राको पछिल्लो बजार मूल्यको अधारमा “डिभिडेण्ड इल्ड” २ दशमलव २५ प्रतिशत र सानिमा माइ हाइड्रोको २ दशमलव ०६ प्रतिशत रहेको छ ।

बोटलर्स नेपाल बालाजुले २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने पछिल्लो बजार मूल्यको आधारमा सो कम्पनीमा “डिभिडेण्ड इल्ड” शून्य दशमलव ९० प्रतिशत र यो वर्ष अहिलेसम्म सर्वाधिक लाभांश प्रस्ताव गरेको बोटलर्स नेपाल तराईको “डिभिडेण्ड इल्ड” शून्य दशमलव ५१ प्रतिशत रहेको छ। बोटलर्स नेपाल तराईले ६० प्रतिशत नगद लाभांश प्रस्ताव गर्दा कम्पनीको पछिल्लो बजार मूल्य ११ हजार ८६० रहेको छ । नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS