IME Life New

क्रस होल्डिङ भएकालाई मर्जरमा जान समितिको दवाव : युनाइटेड, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स सहमति जुटाउदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले एउटै समुहको क्रस होल्डिङ भएका चार निर्जीवन बीमा कम्पनी युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र आइएमई जनरललाई मर्जरमा जान अनौपचारिक रुपमा दवाव दिइरहेको छ । समितिमै बोलाएर पटक पटक छलफल भए पनि अहिलेसम्म एमओयु गर्न भने सकिरहेका छैनन् ।

विचमा युनाइटेड, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स कम्पनी तीन वटै मर्जरमा जाने पनि छलफल भएको थियो । सोहि क्रममा नेपाल इन्स्योरेन्स कम्पनीका सिइओ मर्जर पछिको सिइओ हुने, प्रुडेन्सियलका सिइओ सिनियर डिसिइओ हुनेसम्मको सहमति भएको थियो । बीमा समितिले आइएमई जनरललाई पनि मर्जरमा सँगै लैजान निर्देशन दिएको थियो । तर आइएमई समुहले नेपाल इन्स्योरेन्स कम्पनीको शेयर बिक्री गरेर बाहिरिने सोच बनाइसकेको छ । आइएमई समुहको अझै केहि शेयर भने बिक्री हुन सकेको छैन ।

Crest

आइएमई समुहले नेपाल इन्स्योरेन्सको शेयर बिक्री गरेर आइएमई जनरलले आफै पूँजी जुटाउनेसम्मको प्रयास गरेको बुझिएको छ । यसमा आइएमई जनरल बाहिरियो भने नेपाल इन्स्योरेन्स सहित अन्य तीन कम्पनीलाई मर्जरका लागि बीमा समितिले जोड दिएको छ । यदि आइएमईले हात झिक्यो भने नेपाल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल र युनाइटेडमा विशाल ग्रुप सहित मारवाडी समुदाय तथा मारवाडी परिवारको क्रस होल्डिङ रहनेछ । त्यसैले पनि तीन वटा कम्पनीलाई मर्जर गराउन समितिले सुझाव दिदै आएको छ ।

बीमा समितिले अनौपचारिक रुपमा दावव दिए पनि ठोस रुपमा मर्जरको प्रकृयाँ अगाडी नबढ्दा समिति भने चिन्तित छ । केहि समय अगाडी तीन कम्पनीहरु मर्जरको लागि अन्तिम अवस्थामा पनि पुगेका थिए । समितिका एक उच्च अधिकारीले भने ‘हामीले धेरै कुरामा सहजिकरण गरिदिएका हौ तर खै के कुरा मिलेन अहिलेसम्म एमओयुमा हस्ताक्षर गरेको जानकारी पाउन सकिएको छैन ।’

बीमा समितिले सकेसम्म मर्जरका लागि कम्पनीहरुलाई स्वतस्फुर्त रुपमा छाडिदिएको छ । तर चैत मसान्तभित्रमा मर्जरको सहमति भएन भने समितिले फोर्स मर्जरका लागि दवाव दिनेछ । अहिलेसम्म समितिले मर्जरका लागि कम्पनीहरुलाई नै छाडिदिएको छ ।

फोर्स मर्जरको पहिलो हतियार क्रस होल्डिङ हुने बीमा समितिले जनाएको छ । यसको सूची बीमा समितिसँग तयारी अवस्थामा छ । युनाइटेड इन्स्योरेन्स कम्पनीकी सिइओ उपासना पौडेलले राजिनामा दिएर बाहिरिदै गर्दा प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स कम्पनी विचमा मर्जरको लागी नेगोसिएसन भइरहेको थियो । अहिले उपासनाले राजिनामा दिए पनि मर्जरसम्म एक्टिङबाट सञ्चालन गर्ने सम्मको सहमति भएको पाइएको छ । यदि तीन वटा कम्पनीको मर्जर भयो भने नेपाल इन्स्योरेन्सका विके महर्जनलाई बनाउनेसम्मको सहमति भइसकेको छ ।

युनाइटेडले क्रस होल्डिङ बाहेक प्रभु र नेको सँग पछि पटक पटक छलफल गरेको थियो । प्रभु सँग धेरै चरणमा छलफल भएर एमओयु गर्ने अन्तिम अवस्थामा पुगेपछि भाडिएको थियो । प्रभुले युनाइटेड सँग भाडिए पनि अजोड सँग एमओयु गरेको छ ।

अहिले युनाइटेडको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ छ । प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १९ करोड रुपैयाँ छ भने नेपाल इन्स्योरेन्सको एक अर्ब ३७ करोड रुपैयाँ छ । तीन वटै कम्पनीले बोनस शेयर दिएर साढे दुई करोड पुर्याउने अवस्थामा छैनन् । जसरी पनि मर्जरमा जानै पर्ने दवावमा तीन वटा कम्पनी छन् ।

आइएमई समुहले मर्जरमा नजाने रणनीति बनाएको आइएमई जनरलको चुक्ता पूँजी एक अर्ब ७३ करोड रुपैयाँ छ । कम्पनीले केहि बोनस शेयर र केहि हकप्रद शेयर निष्काशन गर्न पाए आइएमई जनरल आफै पूँजी जुटाउने दाउमा छ । आइएमई समुह अहिलेको बलियो व्यवसायिक समुह भएकाले पनि यसले अन्य कम्पनीलाई मर्जर गराउने योजना बनाएको छैन । जीवन तर्फ पनि आइएमई लाइफले अहिलेसम्म जोडी खोज्ने प्रयास गरिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS