काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त लाभांश साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले कार्तिक ४ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले बानेश्वर स्थित थापागाउँ ब्यान्क्वेटमा सभा गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नुहुने वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ अवधिको वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ ।
त्यस्तै, सभाले लेखा परीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७९ /८० को लागी लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ, बोनश शेयर जारी गर्ने प्रयोजनका लागी कम्पनीको जारी तथा चुक्ता पूँजी लाई आवश्यकता अनसार वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्नेछ ।
त्यसैगरी नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।