IME Life New

इसेवाको ‘मेरो डिजिटल देश’ अभियान मार्फत, विदेशबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संसारका दुई सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्र्याउन ‘मेरो डिजिटल देश’ अभियान संचालनमा ल्याएको छ ।

एफ वन टावर पुल्चोकस्थित मुख्य कार्यालयमा सम्पन्न प्रेस कान्फ्रेन्स मार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानलाई सार्वजनिक गरेको हो । यो अभियान २०७९ असोज ७ गतेदेखि सुरु भएर २०७९ फागुन ६ गते सकिने कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । साथै यो योजना मार्फत टिडजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र विदेशी मुद्राका सञ्चितिलाई थप मजबुद बनाउनका लागि पनि ५ महिने अभियान संचालन गरिएको इसेवाले जनाएको छ ।

Esewa
Crest

मेरो डिजिटल देश अभियान अन्तर्गत संसारका जुनसुकै मुलुकमा भएका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको बैंक खातमा अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको यसेवा वालेटमा पैसा पठाई सहभागीता जनाउन सक्नेछन् । साथै विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेमा प्राप्त गरी यस अभियानमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको पयाकेजतथा बम्परमा १ जनाले काठमाडौं सुविधा सम्पन्न घर समेत प्राप्त गर्न सक्नेछन् । आर्थिक विकास बिना कुनैपनि राष्ट्र सम्मुनत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका नेपालीको योगदान उत्तिकै महत्व हुने इसेवा मनी ट्रासागरन्सफर कम्पनीका जनरल म्यानेजर सागर खनाल बताउँछन् । रेमिट्यान्स नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेकोले विदेशबाट पैसा पठाउने नेपालीको देश विकासमा भूमिका अतुलनिय रहने उनी बताउँछन् । यो अभियान मार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतीमा योगदान पर्याउन म्यानेजर खनालले अपिल गरेका छन् ।

यस अभियानमा महानायक राजेश हमाल पनि जोडिएका छन् । हमालले यस अभियानसँग जोडिए देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्स सम्बन्धी जागरुकता जगाउने कम्पनीले जनाएको छ ।

यो अभियानमा विश्वको जुनसुकै ठाउँमा रहेका नेपालीहले सहभागी भई देशलाई डिजिटल बनाउन योगदान पुर्याउने आशा राखेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले बताए । विश्वका विभिन्न देशबाट नेपालमा पैसा पठाएर देशलाई आर्थिक योगदान पुर्याउने केहि हातहरुलाई ६ महिने अभियानको दौरानमा विशेष सम्मान दिने उनले बताए ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातमा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनी ट्रान्सफरले आफ्नो सेवाग्राहीलाई १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत बिप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, खेशभरका एक करोड दश लाखभनदा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउादै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS