IME Life New

भारतीय सिमामा बीमा समितिको जनचेतनामुलक कार्यक्रम सम्पन्न, कम्पनी नपुग्दा पहुँचबाट बञ्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा समिति बिषयक अन्तर्क्रिया कार्यक्रम पर्सा जिल्लाको ग्रामिण भुभाग साथै भरतीय सिमानामा पर्ने पकहाँमैनपुर गाउँपालिकासँग गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतित्व  समितिको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा पकहाँमैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद रहेका थिए भने अतिथिका रुपमा उक्त गाउँपालिकाका उपाध्यक्ष सरफुन नेशा र प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदी रहेका थिए ।

Esewa
Crest

कार्यक्रमको सञ्चालन बीमा समितिका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए भने स्वागत मन्तव्य समितिका सहायक निर्देशक कालिकान्त झाले दिएका थिए । यस कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष र निर्वाचित सदस्यहरु,  पालिकाका कर्मचारीहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु सहभागिता थियो ।

कार्यक्रममा ७० भन्दा बढिको सहभागिता रहेको थियो । बीमा र बीमा समितिको बारेमा बीमा समितिका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण दिएकी थिइन् । साथै उक्त कार्यक्रममा जीवन बीमाका सम्बन्धमा बीमकको प्रतिनिधिको तर्फबाट प्रभात बहादुर क्षेत्रीले र निर्जीवन बीमाको सम्बन्धमा बीमकका तर्फबाट सुरेश कुमार गुप्ताले आफ्रनो भनाई राखेका थिए ।

सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँसम्म आएर कृषि तथा पशुपन्छीको बीमा हुन्छ भन्ने कुराको जानकारी नगराएका कारण यस क्षेत्रका किसानहरुमा बीमाको बारेमा जानाकारी नभएको र यस कार्यक्रमले हामीलाई धेरै किसिमको चेतना भएको र बीमा त हाम्रै सुरक्षाको लागि आवश्यक रहेछ भन्ने कुरा थाहा भएको जनाएका छन् ।  उनिहरुले आगामी दिनहरुमा आफ्ना पशुपन्छीहरुको बीमा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

गाउँपालिकाका कृषि अधिकृतले यस क्षेत्रमा बीमा कम्पनीहरु कुनै पनि नआएको गुनासो गरेका थिए । उक्त गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालक टेकराज पाण्डेयले पर्सा जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि जनरल इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले बीमा गर्नुपर्ने त्यस कम्पनीलाई कम्तीमा महिनाको एक पटक उक्त पालिकामा पुगेर काम गर्न र बीमाका सम्बन्धमा कृषकहरुलाई जानकारी गराउनका लागि निर्देशन दिएका थिए ।

साथै उक्त कार्यक्रममा पालिकाका अध्यक्षले यो कार्यक्रम निकै नै महत्वपूर्ण रहेको र यसका लागि पालिकाले कसरी सहयोग गरेर बढि भन्दा बढिलाई सुरक्षित गर्न सकिन्छ त्यसका लागि पालिका तयार रहेको र आगामी बर्षदेखि बजेटको व्यवस्था मिलाई बीमा सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिने र अहिले पनि कसरी हुन्छ बजेटको व्यवस्था गरि यस पालिकाका व्यक्ति तथा सम्पत्तीको सुरक्षा तथा संरक्षण गर्नका लागि पहल गरिने धारणा राखेका छन् । उनले आफ्नो पालिका भित्र रहेको कच्चि घरहरुलाई समेत बीमा गराएर मानिसहरुलाई सुरक्षित रहने वातावरण सृजना गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उक्त कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँसम्म वडा वडासम्म पुग्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमको समापन समितिका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS