काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ । हिजो मंगलबार तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।