Connect IPS
IME Life

सिटिजन लाइफका संस्थापकहरुलाई ५० प्रतिशत पूँजी जुटाउने समय थप, यस्तो छ ५ अर्ब पुर्याउने योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापकहरु सँग आह्वान गरेको ५० प्रतिशत पूँजी थप्ने म्याद बढाएको छ । कम्पनीले असोज ७ गते भित्र विध्यमान संस्थापकहरुलाई ५० प्रतिशत पूँजी थप गर्न आह्वान गरिएको थियो । तर अहिलेसम्म पनि माग बराबरको पूँजी नजुटेपछि कम्पनीले असोज २६ गतेसम्म समय थप गरेको हो ।

शेयरधनीले आफ्नो हक बराबरको पूँजी कम्पनीको केन्द्रिय कार्यालय टेकु, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, हिमालयन बैंक र सानिमा बैंकमा जम्मा गर्न सक्ने छन् ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । अहिले आह्वान गरिएको ५० प्रतिशत पूँजी थप पश्चात चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सर्वसाधारणका लागि यहि पूँजीका आधारमा ३० प्रतिशत आइपिओ निष्काशन गरे पश्चात तीन अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । यस पछि ५ अर्बका लागि एक अर्ब २५ करोड पुग्ने छैन । कम्पनीले उक्त पूँजी बोनस शेयर दिएर पुर्याउने योजना बनाएको छ । यसरी कम्पनीले मर्जर नगरी आफैले पूँजी जुटाउने लक्ष्य लिएको छ ।

कम्पनीले अहिले पनि प्रिमियममा आइपिओ निष्काशन गर्ने योजना बनाएको छ । संस्थापकहरु सँग पूँजी जुटाए पछि यदि प्रिमियममा आइपिओ निष्काशन गर्न सकियो भने प्रिमियम मार्फत सजिलै ५ अर्ब जुटाउन सकिने दाउमा सिटिजन छ । यस अगाडी पनि प्रिमियममा आइपिओ निष्काशन गर्ने योजना बनाउद बनाउदै बीमा समितिले पूँजी बृद्धि गर्यो । जसले गर्दा पहिलाको योजना भन्दा फरक हिसावले पूँजी बढाउनु पर्यो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS