IME Life
GBIME

साञ्जेन जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा २३ करोड ८ लाख १४ हजार बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार अर्थात् असोज २ गते साँझसम्ममा १२ हजार ८२ जना आवेदकले २३ लाख ८ हजार १४० कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ अझै १३ लाख ४१ हजार ८६० कित्ता शेयर बिक्री हुन बाँकी रहेको छ ।

कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले १ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

Crest

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका(४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै सह(निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सी(आस्बा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS