IME Life New

दशैंको अवसरमा हाम्रो बजारले सेकेन्ड ह्यान्ड कार मेला आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आउँदै गरेको दशैंको अवसरमा, हाम्रो बजारले अहिले सम्मकै सबैभन्दा ठूलो सेकेन्ड ह्यान्ड कार मेला आयोजना गर्दैछ । जहाँ इच्छुक ग्राहकले एकै ठाउँमा सेकेन्ड ह्यान्ड कारहरू किन्न, बेच्न वा साट्न सक्छन्। हाम्रोबजारले आफ्ना ग्राहकहरूको सुविधाका लागि भरपर्दो सेकेन्ड ह्यान्ड अटोमोबाइल बजार स्थापना गर्ने योजना पनि अघि सारेको छ।

कार्निभल दरबारमार्गको अन्नपूर्ण होटलको प्राङ्गणमा हुनेछ। हाम्रोबजार एप भएका सबै ग्राहकले कार्निभलमा निःशुल्क प्रवेश पाउने जनाएको छ । ग्राहकले हाम्रोबजार सेलेक्टमा रहेका ३०० भन्दा बढी दक्ष प्राविधिक दवारा प्रमाणित सेकेन्डहयान्ड कारहरू मध्येबाट रोज्न पाउनेछन् ।

Esewa
Crest

हामोबजार सेलेक्टमा रहेका सम्पूर्ण गाडीहरू ह्यान्डपिक्ड र दक्ष प्राविधिकद्वारा निरीक्षण गरेपछि मात्र बिक्रीका लागि राखिने हुनाले ग्राहकहरूले कार्निभलमा उपलब्ध कुनै पनि कारहरू निर्धक्कसँग खरिद गर्न सक्ने हाम्रो बजारले जनाएको छ ।

साथै कार्निभलमा इच्छुक ग्राहकहरूले गाडी खरिदका लागि फाइनान्सिडका सुविधा पनि प्राप्त गर्न सक्नेछन्। कार्निभलमा ग्राहकहरूको सुविधाका लागि अटोमोबाइलसँग सम्बन्धित विभिन्न बुथहरू पनि हुनेछन्। साथै कार्निभलमा विभिन्न खानेकुरा र पेय पदार्थ स्टलहरू, सांगीतिक प्रस्तुति, स्ट्यान्ड९अप शो र अन्य रमाइलो गतिविधिहरू पनि समावेश गरिने छ।

यी सबै रमाइलोसँगै कार्यक्रममा केही भाग्यशाली सहभागीहरूले हरेक दिन विभिन्न उपहार पनि जित्न सक्नेछन्। यस कार्निभल मार्फत हाम्रोबजारले आफ्ना ग्राहकहरूका लागि प्रामाणित सेकेन्डह्यान्ड कारहरू सजिलैसँग खोज्न र खरिद गर्न मिल्ने नेपालकै सबैभन्दा ठूलो अटो शोको परिकल्पना गरेको हाम्रो बजारका सीईओ रोहित तिवारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS