Connect IPS
IME Life

रामदेव तेलद्धारा ‘चाडपर्व उपहार योजना’ अन्तर्गत चौथो हप्ताका बिजेतालाई पुरस्कार वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा चाडपर्वको बहार हरेक हप्ता उपहार योजना अन्र्तगत चौथो हप्ताको विजेतालाई पुरस्कार वितरण गरेको छ । लक्की ड्र मार्फत बिजेता भएका बिजयीहरुलाई एक समारोहका बीच पुरस्कार बितरण गरिएको हो ।

चौथो हप्ताको प्रतिस्पर्धामा रामदेव तेलको प्याकेट लिई कुनै पनि मार्टमा गई तेलको प्याकेटसँग फोटो खिची योजनामा भाग लिने रहेको थियो । जस अन्र्तगत यस प्रतियोगितामा भाग लिई लक्की ड्र मार्फत बिजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जनाले जनही १÷१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् । । यस प्रतियोगितामा सहभागी भई बिजेता हुन सफल काठमाण्डौं बौद्ध आरुवारीकी बिना श्रेष्ठ र काठमाण्डौ त्रिपुरेश्वरका इभाराज ताम्राकार रहेका छन् । गणपति बनस्पति प्रा.लि. का मार्केटिङ्ग म्यानेजर बिनोद श्रेष्ठले विजेता दुवैजनालाई पुरस्कार बितरण गरेका थिए ।

Prabhu
Crest

रामदेव तेलले यसरी डिजिटल मिडिया मार्फत जोडी उत्पादनसँग परिचित गराएकोमा विजेता बिना श्रेष्ठले धन्यवाद व्यक्त गरिन् । गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफ्लावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री बितरण गर्दै आइरहेको छ । गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा नेपालीहरुको महान चाड तीजदेखि छठ पर्वसम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । जस अनुसार डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिष्पर्धामा जो कोहिले पनि भाग लिन सक्नेछन् । साथै हरेक हप्ता २ जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS