Connect IPS
IME Life

चुनावको मुखैमा एक साथ खुल्यो स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्थमन्त्रालयको सहमतिमा चुनावको मुखैमा चुनाव खर्च जोहो गर्न नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको छ । बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आवेदन दिने म्याद ४५ दिन तोकेको छ भने ब्रोकरको लागि ३० दिन तोकेको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ र सो अन्तर्गत बनेको नियम निर्देशिका तथा अन्य प्रचलित कानुनको अधिनमा रही धितोपत्र बजार सञ्चालन गर्न इच्छुक धितोपत्र समबन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले यो सूचना प्रकाशन भएको ४५ दिन भित्र धितोपत्र बजार सञ्चालन गर्ने संघठित संस्था दर्ता गर्न समबन्धित कार्यालयमा बोर्डको सिफारिसका लागि धितोपत्र बजार सञ्चालन निर्देशिका २०७९ मा तोकिए बमोजिम निवेदन निवेदन दस्तुर विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष पेश गर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै ब्रोकरको हकमा पनि प्रचलित कानुन बमोजिम आवस्यक कागजात पुरा गरी तीस दिन भित्र बोर्डमा आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

बोर्डले गत साता मात्रै धितोपत्र बजार सञ्चालन निर्देशिका २०७९ जारी गरी यसको बाटो खुला गरेको थियो । ब्रोकरले उक्त निर्देशिकामा यो निर्दशिका जारी भएको तीन वर्षसम्म ब्रोकर लाइसेन्स खुला गर्न नपाउने व्यवस्था गराउन सफल भए पनि धितोपत्र बोर्डले उक्त निर्देशिकालाई रातारात संशोधन गरी आज लाइसेन्स नै आह्वान गरिदिएको छ । बोर्डले ब्रोकरको हकमा तीन वटा प्रकारमा वर्गिकरण गरिदिएको छ । नयाँ स्टक एक्चेन्जको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ तोकिएको छ ।

सिमित कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि न्युनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकिएको छ । त्यस्तै पुर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि ६० करोड रुपैयाँ तोकिएको छ । धितोपत्र व्यापारीको हकमा एक अर्ब ५० करोड रुपैयाँ पुर्याइएको छ ।

सिमित कार्य गर्ने ब्रोकरले लाइसेन्सका लागि निवेदन दिदा ५० हजार रुपैयाँ, अनुमतिपत्र दस्तु बापत २५ लाख रुपैयाँ र वार्षिक शुल्क बापत एक लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नु पर्नेछ । त्यस्तै पुर्ण कार्य गर्ने ब्रोकरहरुले लाइसेन्सका लागि आवेदन दिदा एक लाख रुपैयाँ, अनुमतिपत्र दस्तुर बापत ५० लाख रुपैयाँ र वार्षिक शुल्क तीन लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै धितोपत्र व्यापारीको हकमा निवेदन दस्तुर २ लाख, अनुमतिपत्र दस्तुर एक करोड रुपैयाँ र वार्षिक शुल्क ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । प्रतिलिपि शुल्क भने २५ हजार रुपैयाँ तोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS