काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव १० प्रतिशतले घट्दा १९१० दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज कुल ९० करोड ८१ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज बजार घट्दा नविल व्यालेन्स फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ७ दशमलव ८७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ९ रुपैयाँ कायम भएको छ ।
यसैगरी बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ता पनि धेरे कमाएका छन् आज कम्पनीको शेयर ६ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ४०८ रुपैयाँ कायम भएको । आज अप्पर हेवाखोलाको शेयर ५ दशमलव ७५ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ४२३ रुपैयाँ कायम भएको छ ।