काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर शिलबन्दी बोलपत्रद्धारा बिक्रि गर्ने भएको छ । लघुवित्तले ५१ हजार ९९० कित्ता शेयर बिक्रि गर्ने गर्न लागेको हो ।
लघुवित्तले बिक्रिमा राखेको शेयर प्रति कित्ता न्यूनतम मूल्य ३९५ रुपैयाँ कायम गरेको छ । उक्त शेयर खरिद गर्न इच्छुक योग्य व्यक्तिले असोज १३ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी आवेदन पेश गर्न अनुरोध गरेको छ । बोलपत्र आवेदन फारम भने प्रभु क्यापिटल लिमिटेड कमलादीबाट संकलन गर्न सकिने आशा लघुवित्तले जनाएको छ । उक्त फारम एक सय रुपैयाँ भुक्ता गरि लिन सकिनेछ ।
शेयर खरिद गर्न इच्छुक व्यक्तिले न्यूनतम ६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।