काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कर्मचारीको माग गरेको छ । बोर्डले करार सेवामा २७ जना कर्मचारीको माग गरेको हो ।
बोर्डले हेल्थ एकोनोमिक्स नवौं तहको १ जना, मेडिकल अधिकृत आठौं तहको ३ जना, हेल्थ इकोनोमिक्स, आएटी डेभलपर,चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत (जनरल) भने ७ जनाको माग गरेको छ । साथै फार्मेसी अधिकृत ४ जना, ल्याव टेक्नोलोजीष्ट, जनसंख्या अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत लगाएत गरि २७ जना करारमा कर्मचारीको माग गरेको हो ।
बोर्डका अनुसार सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन फारमसँगै शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रको छाँया प्रति आवेदनसँगै पठाउनुपर्ने छ । साथै राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय टेकु काठमाडौंको बैंक खातामा भौचर भरि सक्कल भौचर समेत पेश गर्नेपर्ने बोर्डले जनाएको छ ।