IME Life New

बीमा कम्पनीमा‌ क्रस होल्डिङ र अधिक लगानीमा बीमा समितिको निगरानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुसँग संस्थापक शेयर खरिद बिक्री गर्दा बिक्रेता र खरिदकर्ता‌ दुबैसँग कारोबार पूर्व र पछि कायम हुने शेयरबारे जानकारी दिनुपर्ने निर्देशन जारी गरेको छ।

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका बमोजिम संस्थापक शेयर खरिद बिक्री,‌नामसारी, हक हस्तान्तरण, धितोबन्धक शेयर समूह परिवर्तन गर्नको लागि विस्तृत विवरण खुलाउनुपर्ने प्रावधान जारी गरेको हो।

Esewa
Crest

खरिदकर्ता र बिक्रेताको नाम, खरिदबिक्री कित्ता‌, कारोबार अघि र पछि कायम हुने कित्ताको संख्या र प्रतिशत, अन्त बीमकमा शेयर रहे नरहेको र वित्तीय स्वार्थ भए नभएको खुलाउनुपर्ने भएको छ।

प्रस्तावित ढाँचाबाट कुनै व्यक्ति वा संस्थासँग एउटै बीमा कम्पनीको कति प्रतिशत शेयर छ भन्ने विवरण अध्यावधिक गर्न सहयोगी हुने समितिको अपेक्षा रहेको छ।

संस्थापक शेयर खरिद बिक्री सम्बन्धि निर्देशिकामा कुनै एउटा बीमा कम्पनीमा कुनै एक व्यक्ति वा संस्थाको नाममा अधिकत्तम १५‌ प्रतिशतभन्दा बढी शेयर लगानी गर्न नपाइने व्यवस्था गरिएको छ। यसबाहेक कुनै एक कम्पनीमा १५ प्रतिशत शेयर लगानी रहेकोमा सोही प्रकृतिको व्यवसाय गर्ने अर्को कम्पनीमा कूल चुक्ता पूँजीको १ प्रतिशत भन्दा तल शेयर लगानी गर्न पाइने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS