काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५९ अकंले घटेर १९१२ दशमलव ६९ को विन्दुमा कायम भएको छ । आज म्युच्युअल फन्ड बाहेक सबै कम्पनीको शेयर घटेको छ ।
आज कुल २६ लाख १३ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८३ करोड १६ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । बैंकको ४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसैगरी आज रिडी हाइड्रोपावर कम्पनीको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसैगरी सबैभन्दा धेरै युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपारका लगानीकर्ताले सर्बाधिक कमाएका छन् । कम्पनीको शेयर ४ दशमलव १७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५५० रुपैयाँ कायम भएको छ । यसैगरी आज राष्ट्रिय बीमा समितिको शेयर २ दशमलव ५९ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ११ हजार ८० रुपैयाँ कायम भएको छ ।