काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ५९ अकंले घटेर १९१२ दशमलव ६९ को विन्दुमा कायम भएको छ । आज ८३ करोड १६ लाख ३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । बैंकको ४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसैगरी आज रिडी हाइड्रोपावर कम्पनीको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज अपि पावरको भने २ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल रि इन्स्योरेन्सको कम्पनीको २ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।