Connect IPS
IME Life

२०२३ को एमडिआरटी ग्लोबल कन्फ्रेन्स सिंगापुरमा हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा अभिकर्ताहरुको प्रतिष्ठाको विषय बन्दै गएको मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) को आगामी सम्मेलन सन् २०२३ अगस्टमा सिंगापुरमा आयोजना हुने भएको छ । एमडिआरटीको लागी प्रथम् बीमाशुल्क आर्जन गर्न तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरु यो सम्मेलनमा सहभागीताको लागी योग्य हुनेछन् ।

आफूले काम गर्ने बीमा कम्पनीको लागी बीमालेख बिक्रीवापत एमडिआरटीले प्रथम बीमाशुल्कको तोकेको लक्ष्य पुरा गरेको अवस्थामा सम्बन्धित अभिकर्ताले एमडिआरटी सदस्यताको लागि आवेदन दिन सक्नेछन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट सदस्यता प्राप्त गरेको अवस्थामा बीमितको प्रतिष्ठा समेत बढ्न गएर व्यवसाय प्रवद्र्धनमा यसले थप मद्दत पुर्याउने विश्वास गरिन्छ ।

Prabhu
Crest

एमडिआरटी सदस्यताको लागी आवेदन दिइ सकेपछि एमडिआरटी विश्व सम्मेलनमा सहभागीताको लागी आवेदन दिनुपर्छ । सहभागीताको निम्तो प्राप्त भइसकेको अवस्थामा जुन मुलुकमा सम्मेलन आयोजना हुँदैछ सोही मुलुकको दूतावासमार्फत् भिसाको लागी आवेदन दर्ता गर्नुपर्छ । आवेदन स्वीकृत भएको अवस्थामा अभिकर्ताले आफ्नै खर्चमा सिंगापुरको भ्रमण र विश्व सम्मेलनमा सहभागीता जनाउन सक्नेछन् ।

सन् २०२२ को डिसेम्बर महिनासम्ममा ३७ लाख ९२ हजार तीन सय प्रथम बीमाशुल्क संकलन गरेर कमिशन वापत १२  लाख ६४  हजार १ सय रुपैयाँ आम्दानी गर्न सफल हुने जुनसुकै अभिकर्ताले पनि एमडिआरटीको सदस्यता र सम्मेलनमा सहभागीताको लागी आवेदन दिन सक्नेछन् ।

यसअघि सन् २०२२ को एमडिआरटी सम्मेलन अष्ट्रेलियाको सिडनीमा आयोजना गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS