IME Life New

विद्युतीय सुशासन आयोगद्धारा सीइओको लागि दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले विद्युतीय सुशासन आयोगको प्रमुखका लागि दरखास्त आह्वान गरेको छ । उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले भदौ ३० गतेसम्म आवेदन दिन सरकारले आह्वान गरेको छ ।

विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९ बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि सम्बन्धी विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी कुनै विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सूचना प्रविधि सम्बन्धी क्षेत्रमा कम्तीमा बाह्र बर्षको अनुभव हासिल गरेकाले आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

त्यस्तै ३५ वर्ष उमेर पूरा भई ६० वर्ष उमेर ननाघेको हुनु पर्ने छ। आयोगको प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि,२०७९ दफा ३ बमोजिमको कागजात तथा विवरण र दफा ४ अनुसारको स्वयं घोषणाको व्यहोरा निवेदक स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ।

सार्वजनिक सेवा प्रवाह तथा सरकारी काम कारबाहीमा विद्युतीय प्रणालीको प्रयोगलाई प्रवर्द्धन गर्न तथा सोको प्रयोगलाई व्यवस्थित, भरपर्दो, सुरक्षित बनाउन एवं साइबर सुरक्षाका सम्बन्धमा आवश्यक नीति निर्माण तथा सोको कार्यान्वयन गरी विद्युतीय सुशासन कायम गर्ने उदेश्यले सरकारले विद्युतीय सुशासन आयोग गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS