IME Life New

दराजको पहिलो प्रयोगात्मक कार्यक्रम दराज महोत्सव घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अनलाइन बजार दराजले आफ्नो पहिलो प्रयोगात्मक कार्यक्रम दराज महोत्सव घोषणा गरेको छ। यस कार्यक्रम भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाडौंमा आयोजना हुने भएको छ ।

कम्पनीका अनुसार दराज महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य सबै दराजका ग्राहकहरूसँग प्रगाढ सम्बन्ध कायम गर्नु हो। दराज महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि लिएर अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलकासाथै बालबालिकाकोलागि समर्पित मनोरन्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ ।

Esewa
Crest

दराज महोत्सवको बारेमा बोल्दै दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले भने, दराजमा हामी जति जे अभियान गर्छौं, ग्राहकहरुलाई सधैं प्राथमिकतामा राख्ने गरेका छौ र यो महोत्सव पनि अपवाद छैन । दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहोस भन्ने हाम्रो सुरु देखि मनसाय रहेको छ र यो कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गरि विभिन्न गतिविदीहरु समेट्ने प्रयाश गरेको छ।

धेरै भन्दा धेरै ग्राहकहरुको उपस्तितीको अपेक्षा गर्दै हामीले इन्ट्री पनि फ्री नै गरेका छौ। एति भन्दैमा हामी आशाबादी र उत्साहित छौ कि तपाईंहरुको उपस्थितिले यो महोत्सवलाई एउटा नयाँ उचाईमा पुर्‍याउनेछ।

दराज महोत्सव सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारहरूको सांगीतिक प्रस्तुतिको साथ मनोरञ्जनको एक उत्कृष्ट उत्सव रहनेछ। दर्शकहरूले नृत्य ट्रुप्स र द अनएक्सपेक्टेड क्रुको अद्भुत नृत्य प्रस्तुति पनि पाउने छन् ।

दराज महोत्सवमा विभिन्न थरिका खाना साथै रमाइलो खेलहरु र आकर्षक तथा मनै लोभ्याउने बस्तुहरुको प्रदर्शन पनि गरिनेछ। दराज महोत्सव दराज एप भएका जो कोहीका लागि निस्शुल्क कार्यक्रम हो, आगन्तुकहरूले कार्यक्रममा प्रवेश गर्नका लागि आफ्नो फोनमा एप देखाउन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS