Connect IPS
IME Life

हालसम्म सान्जेन जलविद्युतको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीको आइपीओ हालसम्ममा १० करोड ७० लाख बराबरको आवेदन परेको छ । सिडिएर एण्ड क्लियरिङका अनुसार आज बिहीवार १०ः१५ सम्ममा ५ हजार ९४५ जना आवेदकले १० लाख ७० हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् ।

यस आइपीओमा आवेदकले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ निष्काशन गरेको हो । कम्पनीले १ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

Prabhu
Crest

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका वडा नं.४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । आइपीओमा सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS