IME Life New

अनाधिकृत सीमा पर्खाल हटाउन मेयर बालेन्द्रले दिए ३५ दिनको समय, महानगरले हटाउँदा घरधनीबाटै खर्च असुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा निर्माण गरिएको सीमा पर्खाल हटाउने भएको छ । महानगरपालिका क्षेत्रभित्र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्डले तोके बमोजिम जुनसुकै प्रकृतिका घर जग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा ३५ दिन भित्र पेश गर्न भनिएको छ ।

महानगरले भवन निर्माण सम्बन्धी प्रचलित मापदण्ड अनुकूल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित गर्ने प्रयोजनार्थ नक्सा पेस गर्न तथा मापदण्ड विपरीत बनाइएका सीमा पर्खाल हटाउन ३५ दिने सूचना जारी गरेको हो । साथै नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाइएमा महानगर आफैले हटाउने जनाएको छ । उक्त सीमा पर्खाल महानगरले हटाउदा लाग्ने खर्च भने सरकारी बाँकी सरह सम्बन्धित घर धनीबाटै असुल्ने महानगरले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS