Connect IPS
IME Life

नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकममा पनि गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर १,९३९ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४७ कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२४ कम्पनीको २९ करोड ४३ लाख ७६९ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८७० रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ४०४ रुपैयाँ शेयर मुल्य रहेको छ । रिडी पावर कम्पनीको ३ करोड ४ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको २ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले ७ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ३८ प्रतिशतका दरले कमाउका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ५ दशमलव १० प्रतिशतका इकाईधनीले ५ दशमलव १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्राइम डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । डिबेञ्चरका इकाईधनीले ५ दशमलव ८८ प्रशिततका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS