IME Life New

प्रदेश स्तरमा पनि जन्मियो शेयर लगानीकर्ताको संघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रदेश ५ का स्थानीय लगानीकर्ताको एउटा समूह मिलेर “प्रदेश पाँच शेयर लगानीकर्ता फोरम” नाम बाट संघ दर्ता गरेका छन् । राजधानीमा केन्द्रित थुप्रै संघ दर्ता भएपनि राजधानी बाहिर दर्ता भएको यो नै पहिलो संघ हो ।

“काठमान्डौ बाहिर पनि शेयर बजारको राम्रो माहोल बन्दै गएको र राजधानी बाहिरका लगानीकर्ताको हक हित संरक्षणका लागि फोरम खोलिएको हो”अध्यक्ष कमल तिवारीले इन्स्योरेन्स खबर संग कुरा गर्दै भने । शेयर सम्बन्धी जनचेतना मुलक कार्यमा धेरै नै केन्द्रित हुने कुराको जानकारी पनि अध्यक्ष तिवारीले दिए ।

Esewa
Crest

फोरमको अध्यक्षका रुपमा कमल तिवारी छन् भने उपाध्यक्ष तर्फ गोपी राज भुषाल, सचिवमा गोपाल अर्याल, कोषाध्यक्ष तर्फ दिनेश गैरे छन त्यस्तै सदस्य तर्फ क्रमश मुकुन्द भट्टराई, योगेन्द्र प्रसाद पन्थी, प्रकाश सापकोटा, शिला अधिकारी र मिरा फुल्लेल रहेका छन् ।

प्रदेश स्तरमा समेत संघ, फोरमहरु दर्ता हुनुले पक्कै पनि शेयर बजारको चासो काठमान्डौ बाहिर पनि विस्तारै फैलिदै गएको आँकलन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS