IME Life New

द भ्वाइस नेपालको एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरमा खल्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘खल्ती’ले “द भ्वाइस नेपाल“ सँग एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने “द भ्वाइस नेपाल“ का प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् साथै “द भ्वाइस नेपाल“ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् ।

‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। धेरै दर्शकको मन जित्न सफल भएको, ‘द भ्वाइस’ ले यस अघि ३ शृङ्खलाहरूमा “द भ्वाइस नेपाल” साथै बालबालिकाहरूलाई केन्द्रित गरि आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि संचालन गरिसकेको छ। लगातार सफलता पछि यस पटक युवाहरुलाई लक्षित गरि ‘द भ्वाइस नेपाल’ चौथो (४) शृङ्खला तर्फ अगि बढेको छ।

Esewa
Crest

रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रम भाद्र २४ गतेबाट औपचारिक रुपमा हिमालय टिभीमा प्रसारण हुनेछ।

कार्यक्रममा कोच÷निर्णायकको रूपमा गायक प्रविशा अधिकारी, राजु लामा, प्रमोद खरेल र राजेश पायल राई देखा पर्नेछन्। यस कार्यक्रमको सुरुवात ब्लाइन्ड अडिसन राउन्डबाट हुनेछ जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन्। ब्याटल राउन्डको अन्त्यसंगै लाइभ राउन्ड सुरु हुनेछ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।

यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हामी ‘हिमालयन टिभी’ र ‘द भ्वाइस नेपाल’ सँग एक मात्र भोटिंग पार्टनरको रूपमा पुनः सहकार्य गर्न पाउँदा निकै खुशी छौं। हामी आशा गर्छौं कि हाम्रो सहकार्य ‘द भ्वाइस नेपाल’का प्रतियोगी साथै दर्शकहरुका लागि पनि यस प्रतियोगितालाई लक्षित गरेर विभिन्न अफरहरु पनि ल्याउने तयारीमा छौं ।”

खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS