काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ । आज शेयर बार नेप्से परिसूचक ४ दशमलव २९ अंकले घटेर १,९७३ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज ६१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११६ कम्पनीको शेयर मुल्य घटेको छ । आज उत्पादनमुलक र माइक्रोफाइनान्स बाहेक सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता शेयर किनबेच हुँदा ९० करोड ९९ लाख ४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको २ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । रिडी पावर कम्पनीका लगानीकर्ताले ३ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । अपर सोलु हाइड्रोपावर कम्पनीका लगानीका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ५५ प्रशिततका दरले गुमाएका छन् ।