IME Life New

गत वर्ष ९९.०७ प्रतिशत दाबी फछर्याैट गरिएकाे नेपाल लाईफको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्सले समयमै दाबी भुक्तानी फछर्याैटलाई प्राथमिकता दिंदै ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गरिएको घोषणा गरेको छ ।

नेपाल लाईफले कम्पनीको परिचयात्मक भिडियो यूट्युब च्यानलमार्फत् सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८।७९ मा प्राप्त दाबी निवेदनमध्ये ९९.०७ प्रतिशत मृत्यु दाबी फछर्यौट गरी बीमित वा दाबीकर्तालाई भुक्तानी दिइएको घोषणा गरेको हो ।

Esewa
Crest

साढे आठ मिनेट लामो भिडियोमा कम्पनीको विगतदेखि वर्तमान्सम्मको विवरण दिइएको छ । विगत दुई दशकदेखि मानिसको अमूल्य जीवनको महत्व बुझाउने अनवरत प्रयास गर्दै आएको यो कम्पनीले ग्राहक सेवालाई उच्च प्राथमिकता दिंदै सबै सूचकहरुमा उत्कृष्टता कायम राख्ने प्रतिवद्धता जाहेर गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले ६ वटा मुख्य रणनीतिक क्षेत्रहरु अन्तर्गत ग्राहक केन्द्रित सेवा, उत्पादनहरुसँगै जनशक्ति र अभिकर्ताको क्षमता अभिवृद्धि, सूचना प्रविधिको प्रयोग र अटोमेशनमार्फत् सेवालाई सुधार गरेर ग्राहक सेवालाई अझ सुधार्दै विश्वसनीय बनाएर अघि बढाउँदै लग्ने लक्ष्यमा निरन्तर अडिग रहेको बताएका छन् ।

प्रमुख कार्यकारी पराजुलीले संस्थागत सुशासनलाई शुन्य सहनशिलताको नीति अंगाल्दै संचरनात्मक सुधारलाई आधार बनाएर नयाँ उचाईमा लैजाने गरी ग्राहक, कर्मचारी, शेयरधनी, बीमितको अपेक्षामा हरेक सूचकमा उत्कृष्ट जीवन बीमा कम्पनीकोरुपमा कायम रहने गरी अघि बढ्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अभिकर्ताको क्षमता अभिवृद्धिको लागी राष्ट्रिय अन्तर्राष्ट्रिय प्रशिक्षक, सुविधा सम्पन्नता तालिम केन्द्र, खेलकुद गतिविधि संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS