IME Life New

एक महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार १५ अर्ब ५ करोड, कुनले कति गरे (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष ७९ ८० को साउन महिनामा जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार यी जीवन बीमा कम्पनीहरुले एक महिनामा २ अर्ब २० करोड प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने १२ अर्ब ८५ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले १६ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा गिरावट देखिएको छ । यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस महिनामा ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस महिनामा १ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस महिनामा १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।बीमा समितिको तथ्याङकलाई हेर्दा यूनियन लाइफले यस महिनामा मात्रै ८० करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले ७० करोड ६९ लाख, सूर्या लाइफले ५४ करोड ७ लाख, सिटिजन लाइफले ५१ करोड ९७ लाख, राष्ट्रिय बीमा संस्थानले ५० करोड २० लाख,मेट लाइफले ४८ करोड ३२ लाख, प्राइम लाइफले ४६ करोड २३ लाख, ज्योति लाइफले ४० करोड ३८ लाख,गुराँस लाइफले ४० करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफले ३९ करोड ४२ लाख, आइएमई लाइफले ३८ करोड २३ लाख,रिलायन्स लाइफले ३० करोड १५ लाख, रिलायबल नेपाल लाइफले २९ करोड २१ लाख, प्रभु लाइफले २३ करोड ४४ लाख, सानिमा लाइफले १८ करोड ७३ लाख र महालक्ष्मी लाइफले १६ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS