दीप प्रकाश पाण्डे नेपाल बीमक संघको अध्यक्षमा चयन भएका छन् । संघको विशेष साधारणसभाले पाण्डेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डे दुई दशकदेखि बीमा क्षेत्रमा सक्रिय छन् । संघको विशेष साधारणभाले निर्विरोध कार्यसमिति चयन गरेको हो ।
यस्तै संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका सिइओ नुरप्रताप प्रधान चयन भएका छन् । सचिवमा चंकी क्षेत्री चुनिएका छन् । उनी सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सका सिइओ युगेश भक्त बादे श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन् ।
संघको कार्यसमिति सदस्यमा सुनिल बल्लव पन्त, सन्चित बर्जाचार्य, कुमार बहादुर खत्री, सुवोध लाल श्रेष्ठ चयन भएका छन् ।