Connect IPS
IME Life

डिजिटल एप खल्ती र क्यूएफएक्सविच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिजिटल एप खल्ती र क्यूएफएक्सविच सम्झौता भएको छ । ललितपुरको लबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खल्ती र क्यूएफएक्सका प्रतिनिधीले संझौता पत्रमा हस्ताक्षर गरे । अब, दर्शकले क्यूएफएक्स चेनका ११ वटा हलका लागि खल्तीबाट सहजै टिकट काट्न सक्नेछन् ।

यसका लागि ५० सेकेन्ड भन्दा बढी समय नलाग्ने खल्तीका प्रतिनिधीले बताए । नेपाली फिल्मको प्रमोशन र नेपाली फिल्मको टिकट काट्न दर्शकलाई सहज होस् भन्ने उद्देश्यले खल्तीले नयाँ सोच लिएर अगाडि बढेको बताइएको छ ।

Prabhu
Crest

खल्तीका सिइओ बिनय खड्काले नेपाली फिल्मप्रति दर्शकको चासो बढोस् र टिकट काट्न पनि सहज होस् भनेर आफूहरुले सहकार्य गर्दै आएको बताए । उनले, आगामी दिनमा खल्तीले नेपाली फिल्मको प्रमोशनका लागि नयाँ नयाँ सोच बनाउने समेत बताए ।

यसैबीच खल्ती एपबाट नायिका पूजा शर्माले आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो टिकट बुक गरेकी छिन् । कार्यक्रममा पूजाले खल्तीबाट कसरी सहजै ५० सेकेन्डमा फिल्मको टिकट काट्न सकिन्छ भनेर जानकारी समेत दिएकी थिइन् । उनले भनिन्–‘नेपाली फिल्म हेर्नका लागि बुकिङ गर्नुपर्ने, लामो लाइन बस्नुपर्ने, हतार हतार हल पुग्नु पर्ने झन्झटबाट अब दर्शकहरु मुक्त भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS